सराईलाई घोरबन्दा कपको उपाधि
पाल्पा | असोज २, २०८०
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका घोरबन्दामा तीजको अवसरमा सम्पन्न घोरन्दा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सराई एफसीले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) लाई ३–० गोल अन्तरतले पराजित गर्दै सराईले उपाधि जितेको हो ।
सराइलाई उपाधि दिलाउनका लागि फाइनल खेलमा आशिष रानाले २ र राम किशान पौडेलले १ गोलको योगदान दिएका थिए ।

उपाधिसँगै सराइले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजक टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्याे ।
उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट र सर्वाधिक गोलकर्ताका रुपमा सराई एफसीका आशिष राना पुरस्कृत भए ।
यस्तै उत्कृष्ट गोलरक्षक सोही क्लबकै गोबिन रानामगर घोषित भए भने उत्कृष्ट डिफेण्डरका रुपमा आयोजकका सन्दिप मगर र मिडफिल्डरका रुपमा सफल आचार्य पुरस्कृत भए ।

कुल ११ टिमको सहभागिताबाट विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, माथागढी गाउँपालिका ३ का वडाध्यक्ष तेज घर्तीमगर, पुरस्कारदाताहरु तथा आयोजक संस्थाका अग्रजहरुले पुरस्कार वितरण गरेका थिए ।
आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

